Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा ७ महिना अगाडी चोरी भएको मोटरसाईकल आरुघाटको सोती बजारमा फेला


2K
Shares

गोरखामा ७ महिना अगाडी चोरी भएको मोटरसाईकल आरुघाटको सोती बजारमा फेला

गोरखा, ११ चैत । गोरखा सदरमुकामबाट ७ महिना अगाडी चोरी भएको मोटरसाईलक उत्तरी गोरखाको सोती बजारमा फेला परेको छ । गोरखा नगरपालिका–६ सरस्वती मार्गबाट असोज महिनामा चोरी भएको पल्सर मोटरसाईकल सोती बजारमा फेला परेको हो ।

फेला परेको मोटरसाईकल गोरखा नगरपालिका–६ सरस्वती मार्ग निवासी सुमन गुरुङको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । बा.५७ प ८४३ नम्बरको मोटरसाईलक वेवारीसे अवस्थामा फेला परेको हो ।

चोरी भएको उक्त मोटरसाईलक दशै र तिहारको बिचमा बिग्रीएर बनाउन ल्याएको तर हालसम्म पनि लिन नआएको सोती बजारमा रहेको गण्डकी मोटरसाईलक वर्कसपका सञ्चालकले बताएको भन्दै प्रहरीले जानकारी दिएको छ ।

फेला परेको उक्त मोटरसाईकलमा साइलेन्स परिवर्तन गरेको भेटिएको सवारी धनी गुरुङले बताउनुभयो । यता गोरखा प्रहरीले भने उक्त मोटरसाईकल चोरीमा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology