हुम्ला, १० चैत । हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बाजुराको धुराचौर हुँदै आएको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११८३ नम्बरको जिप हुम्लाको अदालचुली गाउँपालिका ४ पाम्स मोडमा केहीबेरअघि दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा अदानचुली गाउँपालिका वडा नम्बर ५ का फागुने लुहार र प्रवेश ऐडी रहनुभएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिप चालक जनक ठगुन्ना, सहचालक धनबहादुर महतारालगायत ६ जना घाइते भएका छन् ।