Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा क्षेत्र नम्बर १ का सांसद अधिकारीको जिल्लाबासीलाई बिशेष अनुरोध


1.3K
Shares

गोरखा क्षेत्र नम्बर १ का सांसद अधिकारीको  जिल्लाबासीलाई बिशेष अनुरोध

गोरखा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित जनप्रतिनिधिको नाताले जिल्लावासी सबै दिदीबहिनी तथा दाज्युभाइहरूमा हार्दिक अनुरोध :
१.विश्वमा तपाईं हाम्रो जीवनकालकै सबभन्दा ठुलो मानवीय विपत्तीमा परेका छौं । COVID 19 कोरोनाभाइरसको महामारीबाट विश्वका नागरिकहरु बच्न र बचाउन मानव समुदाय लागिरहेका छन् । हाम्रो देश र गोरखा जिल्लामा गत चैत ११ गतेदेखि अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द छ । यस अवस्थामा तपाईँ हामी सबैलाई असुविधा भएकै छ । सरकारको नीति, निर्देशन र आदेश मान्नुको अर्को विकल्प हामी सामु छैन ।
२. विपत्तिको समयमा एउटा छिमेकीले अर्कोलाई सहयोग गर्नु हामीहरुको परम्परा रहँदै आएको छ । निर्वाचन क्षेत्र नंं १ घरभई मुग्लानबाट भर्खरै गाउँ आउनु भएका दाजूभाई दिदी बहिनीहरुले तोकिएको समय अनुसार सेल्फ क्वारेन्टाइनमा बसेर यो विपत्तिलाई सहयोग गर्नुभएकै छ । विरामी भइहालेमा स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराउनु अनुरोध गर्दछु । प्राथमिक स्वास्थ्य चौकीका लागि आवश्यक पिपिआई व्यवस्थापन गरी अरु थप सामग्रीहरु व्यवस्थापनमा हामीहरु तिनवटै तह लागिरहेका छौं ।

३ . यो रोग सर्ने भनेको रोगीबाट निस्केको थुक, खकार, सिंगान, मुख र नाकबाट आउने पानी जन्य वाफबाट हो । विरामीले प्रयोग गरेका लुगा, थाल, टेवल आदिमा केहीबेर रहन्छ । त्यस्ता सामग्रीहरु अरुले तुरुन्तै प्रयोग गर्नुहुँदैन । बाहिर निस्केर भीडभाडमा नजाने, नियमित रूपले साबुनपानीले हात धुने, हाछ्युँ गर्दा नाकमुख छोप्ने, जथाभावी नथुक्ने आदि पालना गरियो भने कसैलाई केही हुँदैन । अनावश्यक भ्रममा कोही पनि नपरौं ।
४. तपाईँहरु जो कसैलाई समस्या भएमा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।
आकस्मिक सहायता कक्ष : १०० नेपाल प्रहरीको
प्रमुख जिल्ला अधिकारी : ९८५६०५७७७७
प्रहरी प्रमुख -एसपी _ : ९८५६०५५५५५
शसस्त्र प्रहरी : ०६४ ४२१३६६
राष्ट्रिय अनुसन्धान : ९८५६०४०६७४
रणसिंह दल गण : ०६४ ४११२००
गोरखा अस्पताल : ०६४ ४२०२०८
लेख बहादुर थापा : ९८५६०७०३३४
रामशरण बस्नेत : ९८५६०४२७०१
हरीराज अधिकारी : ९८५६०२८२७२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology