Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा आफ्नो बिद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रदिप पुर्पक्षका लागि कारागार चलान


2.5K
Shares

गोरखामा  आफ्नो बिद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रदिप पुर्पक्षका लागि कारागार चलान

गोरखा, ८ चैत । आफैले पढाएका बिद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई पुर्पक्षका लागि गोरखा कारागार चलान गरिएको छ । बलात्कार आरोपमा चितवन भरतपुर महानगरपालिका–१८ घर भई काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने ३२ बर्षका प्रदिप लामा लोप्चनलाई अदालतले कारागार चलान गरेको हो ।

राजधानीमा आफ्नै भिनाजुले सञ्चालन गरेको बिद्यालयमा अध्ययनरत १२ बर्षिया नाबालिका ‘२६ परिसर’ नाम परिवर्तनलाई विभिन्न प्रलोभन देखाई मिति माघ २१ गते काठमाडौंबाट भगाई गोरखा, पालुङटार नगरपालिका–५ ठाटीपोखरीमा ल्याई फागुन १ गतेदेखी ६ गतेसम्म पटक  पटक जबरजस्ती करणी गरेको आरोपमा प्रदिप पक्राउ परेका थिए ।

घटनामा पीडितको आफन्तले जिल्ला प्रहरी परिसर, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाडौंमा उजुरी दिएपछी फागुन १२ गते राजधानीबाट पक्राउ परेका थिए ।

फागुन १४ गते गोरखा ल्याईएका प्रदिपका विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पश्चात जिल्ला सरकारी वकील कार्यालय गोरखा मार्फत गोरखा जिल्ला अदालतमा पेश गर्दा अदालतले चैत्र ७ गते बुधबारपुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology