Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लुदी दामगाडे सामुदायिक वनको अन्तरक्रिया गोष्ठी सम्पन्न


1.1K
Shares

लुदी दामगाडे सामुदायिक वनको अन्तरक्रिया गोष्ठी सम्पन्न

गोरखा, ७ चैत । गोरखाको लुदी दामगाडे सामुदायिक वन र सव–डिभिजनको संयुक्त आयोजनामा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । गोरखा सव डिभिजन कार्यालय गोरखाको आयोजनामा भएको उक्त कार्यक्रममा गोरखा नगरपालिकाका १४ वटै वडाका २५ वटा समुह र शहिदलखन गाउँपालिकाका १५ वटा सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि शसस्त्र प्रहरी बल गोरखाका प्रहरी निरिक्षक भास्कर बस्नेतले सामुदायिक वनको हैसियत अझै बढाउदै उपभोक्ताहरुको आय आर्जन र सशक्तीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरि भक्त कट्ठटेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शसस्त्र प्रहरी बल गोरखाका प्रहरी निरिक्षक भास्कर बस्नेतले गोरखा नगरपालिकाका बाताबरण अधिकृत ध्रुब घिमिरे, लुदी दामगाडे सामुदायिक वन समितिका उपभोक्ताहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology