काठमाडौं, ७ चैत । आज देशका धेरै ठाउँमा बिहानैदेखि मौसम बदली भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित बाग्मती, मधेश र कोशी प्रदेशका केही ठाउँमा हल्का बर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश र बाग्मती प्रदेशका केही स्थानमा तथा पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का पानी पर्न सक्ने छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।