गोरखा ६ चैत । गोरखामा बलेरो जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । गण्डकी गाउँपालिका वडा नम्बर ६ बन्टारबाट चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङ तर्फ जादै गरेको जीप दुर्घटनामा परेको हो ।
फिस्लिङ बजार तर्फ यात्रु र तरकारी बोकेर आउँदै गरेको बा १९ च ८६५ नम्बरको बलेरो जीप बिहान फिस्लिङ पारी दुर्घटनमा परेको स्थानीय रबि मियाँले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परि चार जना सामान्य घाइते भएका छ्न ।