एजेन्सी, ५ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको चेतावनी दिनुभएको छ । भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा जित हासिल गरेसँगै पुटिनले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
योसँगै पुटिन पाँचौंपटक रुसको राष्ट्रपति बन्नुभएको हो । उहाँले रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो गठबन्धनबिच सङ्घर्ष भएमा तेस्रो विश्वयुद्ध हुने र यस्तो अवस्था कसैले हेर्न नचाहेको बताउनुभएको हो । रुस र पश्चिमी देशहरू बिचको सम्बन्ध सन् १९६२ को क्युवाली मिसाइल आक्रमणपछि सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ ।