गोरखा २ चैत । स्वाबलम्वन लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यलय गाेरखाको आयोजनामा वित्तिय साक्षरता तथा केन्द्र प्रमुख बिचको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्र नम्बर २ कि प्रमुख सरूना पाेखरेलकाे अध्यक्षतामा बिहिवार गोरखा सदरमुकाममा करिब ९० जनाकाे सहभागीतामा बित्तीय साक्षरता तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
गाेरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र कुमार जाेशीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सस्थाका पाेखरा कलस्टर ( ख), कावासाेतीका प्रमुख दिपेन्द्र कुमार सिग्देलकाे पनि सहभागीता रहेको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० उत्कृष्ट कार्य गर्ने केन्द्र तीनवटा केन्द्रलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै शाखा अन्तरगत शैक्षिक सत्र २०७९ मा एसइई परिक्षामा ग्राहक सदस्यका छाेराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र नम्बर ७९ मा आवद्ध सदस्य मीना थापा मगरकी छाेरी लिसारा थापा मगरलाई रू १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
साथै श्रीमानकाे मृत्यु हुँदा सदस्यले पाउने बीमा रकमकाे चेक पनि कार्यक्रमकै अवसरमा हस्तान्तरण गरिएको थियाे । कार्यक्रम शाखा प्रमुख प्रेमबंश न्याैपाने लगायतको संयाेजनमा संचालन भएकाे हो ।