Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा सुस्तमनस्थिती भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ


2.4K
Shares

गोरखामा सुस्तमनस्थिती भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

गोरखा, १ चैत्र । उत्तरी गोरखाको आरुपोखरीमा ३२ बर्षकी महिलालाई बलात्कार गरेको आरोपमा ४० बर्षका पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–८ आरुपोखरी, रातमाटेका चित्रबहादुर थापा भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

आरोपित थापाले फागुन २९ गते दिउसो १ बजेको समयमा स्थानिय ‘स कुमारी’ नाम परिबर्तनलाई बलात्कार गरेको भन्दै पिडितकी आमाले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पिडित भनिएकी महिला शारिरीक तथा मानसिक अवस्था कमजोर छ ।

घटना लगत्तै पिडितकी आमाले दिएको जाहेरीको आधारमा आरोपित थापालाई २९ गते मंगलबार नै पक्राउ गरीएको र ३० गते जबजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरेर थप अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट म्यान थप गरको छ । आरोपित थापालाई प्रहरीको हिरासतमा नै राखेर अनुसन्धान सुरु गरीएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology