Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

जोखिम उठाएर भए पनि देश जनताको हितमा युगान्तकारी काम गर्न नयाँ समीकरणमा आएँ : प्रचण्ड


2.2K
Shares

जोखिम उठाएर भए पनि देश जनताको हितमा युगान्तकारी काम गर्न नयाँ समीकरणमा आएँ : प्रचण्ड

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू यसअघिको गठबन्धनमा व्यक्तिगत रुपमा अप्ठ्यारोमा नरहेको खुलासा गरेका छन् । यद्यपि औसत काम र उपलब्धिमा रमाउने बेला नरहेका कारण आफूले जोखिम उठाएको उहाँले प्रस्ट पारर््नुभयो ।

प्रतिनिधिसभामा बुधबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उहाँले अघिल्लो गठबन्धनमा आफ्नो प्रधानमन्त्री पद असुरक्षित पनि नरहेको जिकिर गर्नुभयो । तर औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नुभन्दा जोखिम उठाएर भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने आफ्नो संकल्प रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यही संकल्पका कारण मलाई नयाँ समीकरणतिर डोर्याएको हो ।’ यसलाई प्रमाणित गर्न नसके प्रधानमन्त्री पद आफ्नोलागि औचित्यहीन हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology