Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा चोरी मुद्दाका फरार कसूरदार १ जना पक्राउ


1.8K
Shares

गोरखामा चोरी मुद्दाका फरार कसूरदार १ जना पक्राउ

गोरखा, २९ फागुन । चोरी मुद्वामा कसुर प्रमाणीत भएका गोरखा धावाका १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कसुर प्रमाणीत भए लगत्तै फरार भएका भिमसेना थापा गाउँपालिका–४ धावाका होमनाथ पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी मुद्वामा गोरखा जिल्ला अदालतबाट १ महिना ३ दिन कैद र ३५ हजार ८५ रुपैयाँ जरिबाना भए लगत्तै फरार भएका पाण्डेलाई प्रहरीले फागुन २८ गते सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिएनुभयो ।

उहाँका अनुसार फरार रहेका कसूरदारहरुलाई पक्राउ गर्नको लागि परिचालित फैसला कार्यान्वयन विशेष टोलीले विशेष सूचनाको आधारमा पाण्डेलाई उनको धावामा रहेको निवासबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेलाई कैद र जरिवानाको लागि आज अदालत पेश गर्दा कैद असुलउपरका लागि गोरखा कारागार चलान गरेको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology