Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

वडा कार्यालयमा जन्ती बास बसेपछि बिदा


1.4K
Shares

वडा कार्यालयमा जन्ती बास बसेपछि बिदा

जनकपुरधाम,२९ फागुन ।  जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका(२५ मा मंगलबार बिदा दिइएको छ । एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका थिए ।

कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं.२५ का वडाध्यक्ष चन्देश्वर साहले साहले बताउनुभयो ।

वडा कार्यालयको सभाहलमा जन्ती राखिएको भन्दै उहाँले यही कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको बताउनुभयो ।

‘उहाँहरु आउनुभएन, म पनि गइन । त्यसकारण वडा कार्यालय बन्द छ । जन्ती हलमा भएकाले कुनै समस्या परेको छैन’, वडाध्यक्ष साहले भने । वडा कार्यायल जन्ती राख्नको लागि बन्द गरेको भन्दै वडाबासीले विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology