Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

होटलमा बेहोस भेटिएकी युवतीको उपचार क्रममा मृत्यु


1.4K
Shares

होटलमा बेहोस भेटिएकी युवतीको उपचार क्रममा मृत्यु

जनकपुरधाम, २९ फागुन । जनकपुरधामस्थित एक होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ । सिटी स्टार फेमली होटलमा बेहोस भेटिएकी पोखराको मियाँ टोल बस्ने २७ वर्षीया खुसबु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छिमेकी कोठामा बस्ने व्यक्तिले ती युवतीलाई बेहोस अवस्थामा देखेपछि होटल सञ्चालकलाई खबर गरका थिए । लगत्तै उपचारका लागि उहाँलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो ।

डिएसपी अवाका अनुासार सोमबार बेलुकी ती युवती होटलमा आएकी थिइन् । उनीसँगै एक जना युवक पनि होटलमा आएको तर अहिले फरार भएको उहाँले बताउनुभयो ।

मृतक युवती करिब तीन महिनादेखि धनुषाको महेन्द्रनगरमा बस्दै आएकी थिइन् । घटनापछि उनको श्रीमानसहित परिवारका सदस्यलाई खबर गरिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । फरार भएका युवकको खोजीसँगै घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology