Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेकपा एमाले गोरखाको ८ औं अधिवेशन सम्पन्न : अध्यक्षतामा सुरेन्द्र थापा बिजयी


2.4K
Shares

नेकपा एमाले गोरखाको ८ औं अधिवेशन सम्पन्न  : अध्यक्षतामा सुरेन्द्र थापा बिजयी

गोरखा, २८ फागुन । नेकपा एमाले गोरखाको ८औं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी कृण्ण नेपालीलाई ७५ मतान्तरले बिजयी भएको सचिव काजीराम रोक्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी आरसी लामिछानेले भने निर्वाचनका बेला आफ्नो नाम फिर्ता लिएका थिए । ५११ जना मतदाताले मतदान गरेको भएता पनि अधिकाशं मतहरु बदर भएको पनि सचिव रोक्काले बताउनुभयो ।

मतदानबाट ८९ जनाको जिल्ला कार्य समिति चयन भएको छ । जसमध्ये उपाध्यक्षमा कमल दानी र कृण्ण काप्रीलाई पराजित गर्दै मेनबहादुर अधिकारी बिजयी भएका छन् । उनले २७० मत पाउदा दानीले १२१ र काप्रीले ७१ मत पाएका थिए ।

सचिवमा भने पुरानै ब्यत्ति दोहरीएका छन् । अधिल्लो कार्यकालमा समेत सचिव रहेका काजीराम रोक्काले अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले ३५३ मत पाएर विजयी भएको नेकपा एमाले गोरखाले जानकारी दिएको छ । उनका प्रतिस्पर्धी उपेन्द्र देवकोटाले भने १०५ मत पाएका थिए ।

उपसचिवमा भने मनोज जोशी बिजयी हुनुभएको छ । उहाँले २६५ मत पाएर बिजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी रहेका बिण्णु पन्तले ११४ र सन्जित श्रेष्ठले ६७ मत पाएका ल्याएका थिए ।

त्यस्तैगरी, उपसचिस महिला तर्फ भने शान्ति चापागाई बिजयी हुुनभएको छ । उहाँले ३२० मत पाएर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नानीमायाँ थापाले भने १५० मत पाउनुभएको छ ।

केन्द्रिय निर्देशन अनुसार ९९ जनाको जिल्ला कार्य समिति रहने ब्यबस्था भएता पनि जिल्ला कार्य समितिको निर्णय अनुसार ८९ जनाको कार्य समितिको लागि मतदान गरिएको सचिव रोक्काले जानकारी दिनुभयो । नेकपा एमालेको बिधान अनुसार बिजयी भएको उम्मेदवारको १० प्रतिशत सदस्य भने कार्यसमितिको निर्णयले मनोनित गर्न पाउने प्रावधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology