Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राख्दै


1.4K
Shares

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राख्दै

काठमाडौं,२७ फागुन । नेपाली बजारमा आज पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन सुनको भाउ प्रति तोला १ हजार रुपैयाँले बृद्वि हुदा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाली बजारमा आज अहिलेसम्मकै उच्च प्रति तोला १ लाख २६ हजार रुपैयाँका कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार गएको बिहीवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएकोमा आइतबार बजार खुल्नासाथ १ हजार बृद्विहुदा तोलाको १ लाख २६ हजार कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा क्रमश। सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology