Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

खाना खाएको कति समय पछि पानी पिउने ?


2.5K
Shares

खाना खाएको कति समय पछि पानी पिउने ?

काठमाडौं, २७ फागुन । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ । हाम्रो शरीरको २र३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन् ।

पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ । हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन् । खाना खाने बित्तिकै पानी नखान चिकित्सकहरू सुझाव दिन्छन् । खाना खाने बित्तिकै पानी पिउनाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ ।

खाना खाएको कति समयपछि पानी पिउने ?

हामीले खाएको खाना पचाउन करिब २ घण्टाको अवधि लाग्ने चिकित्सकहरू बताउँछन् । यहीबिच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ । त्यसैले खाना खाएको करिब ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनु पर्छ ।

सही समयमा पानी पिउनुका फाइदाहरू

– खाना खाएको एक घण्टापछि पानी पिउनाले तौल नियन्त्रण हुन्छ ।

– सही समयमा पानी पिउनाले पाचन प्रणाली राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ ।

– पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन ।

– सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्‍याउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology