Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा सदरमुकाममा श्रीमद्भागवत् गीता ज्ञान यज्ञ बिषयक दार्शनिक प्रवचन कार्यक्रम सम्पन्न


861
Shares

गोरखा सदरमुकाममा श्रीमद्भागवत् गीता ज्ञान यज्ञ बिषयक दार्शनिक प्रवचन कार्यक्रम सम्पन्न

गोरखा,२७ फागुन । गोरखा सदरमुकाममा श्रीमद्भागवत् गीता ज्ञान यज्ञ बिषयक दार्शनिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । ब्रह्मा कुमारी विश्व विद्यालय गोरखा शाखाको आयोजनामा गोरखा नगरपालिका–६ को खेलकुद मैदानमा रहेको कबर्डहलमा कार्यक्रम सम्पन्न भएको हो ।

फागुन २६ गते शनिबार दिउसो भएको श्रीमद्भागवत् गीता ज्ञान यज्ञ बिषयक दार्शनिक प्रवचन कार्यक्रममा ब्रह्माकुमारी अमृत अप्सरा दिदीले प्रवचन दिनुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले सुब्यवस्थित समाज निर्माणका लागि गीताको ज्ञान हुन आवश्यक भएको भन्दै धर्म, संस्कृती र परम्पराको रक्षा गर्दै सम्मानसहित अनुशासित बाटोमा हिड्नुपर्ने बताउनुभयो ।

उहाँले कार्यकममा समाजलाई सही बाटोमा लान ज्ञान, दर्शन, शिक्षा र सिपको आवश्यता रहेको औल्याउदै समाज निर्माण एक्लैबाट नहुने भएकोले सबैले मिलेर समाज निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

मेयर रानाले गीता ज्ञानको सबैभन्दा ठुलो भण्डार भएको बताउनुभयो । ‘गीता ज्ञानको महासागर हो’ भन्दै उनले ‘हामीले पाएको राम्रो ज्ञान ब्यवहारमा उर्तान सकेनौ भने सभ्य समाजको निर्माण हुनसक्दैन’ भन्नुभयो ।

कार्यक्रममा विशेष अतिथी रहेका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आध्यत्म क्षेत्रमा ब्रह्मा कुमारी विश्व बिद्यालयले पुरर्याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

८८औं महाशिव रात्रीको अवशर पारेर गरिएको उक्त कार्यक्रम अघि शाखा कार्यालय कालिमाटी बजारमा सुरु भएको कलश यात्रा शक्तिचोक, पुरानो बसपार्क, पदेली, ठुलो आँगन, तिनधारे, गणेशपाटन, पाटेचौर, गोरखा अस्पताल, घ्याम्पेशालचोक हुदै कवर्ड पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology