Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ


1.5K
Shares

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं, २५ फागुन । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै बिहीबार साँझ सवा ६ बजे श्रीमानले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी २१ वर्षीया श्रीमती पवित्रा राईमाथि कुटपिट गरेको आरोप छ ।

कुटपिटपछि गम्भीर घाइते भएकी पवित्रालाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति सवा ७ बजे उनको मृत्यु भएको डिएसपी पाठकले बताए ।

कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सन्तोषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले अनुसन्धान गरिरहेको छ। शव पोष्टमर्टमको लागि भक्तपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology