गोरखा, २४ फागुन । गोरखाको अजिरकोट गाँउपालिकामा साक्षरता कार्यक्रम सुरु भएको छ । रुम टु रिडको सहकार्य र एकीकरण नेपालको व्यवस्थापनमा साक्षरता कार्यक्रम सुरु भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिताराम पन्तले जानकारी दिनुभयो ।
उहाँले हालसम्मका कार्यक्रमका उपलब्धी, नमूना, सहकार्य र विस्तार मोडल, नेपालमा साक्षरता कार्यव्रmमको आवस्यकता र महत्व लगायतका विषयमा जानकारी गराउनुभएको थियो । बालबालिकाहरुले कक्षागत सिकाइ उपलब्धी सतप्रतिशत हाँसिल नगरी कक्षा चड्दा सिक्ने कुराको बोझ हुने हुँदा बालबालिकालाई नयाँ ढंगले शिक्षण सिकाइ गर्नुपर्ने उहाँले बताउनुभयो ।
साना – साना बालबालिकाहरुलाई कक्षा शुभारम्भ गर्ने साक्षरता सीपयूक्त बालबालिका तयार गर्न यो कार्यक्रम उपयुक्त र सार्थक हुने शिक्षा शाखा प्रमुख पन्त बताउनुहुन्छ । विद्यालयको प्रारम्भीक कक्षाको विद्यार्थीमा साच्चै परिवर्तन खोज्ने हो, भने कक्षाकोठामा बसाई व्यवस्थापन, सामग्रीको पहुँच ÷ प्रयोग,पेशागत क्षमतामा विकास, शिक्षण विधि र रणनीति, परिवार तथा समुदायको सहभागीता र साक्षर वातावरण र प्रयोगको रुपान्तरण अपरीहार्य रहेको शिक्षा शाखाका प्रशासन सहायक सन्दिप थापाले बताउनुभयो ।
बालबालिकामा पढ्ने सीप र पढ्ने वानीको विकास गरी आत्मनिर्भर स्वतन्त्र पाठक बनाउने उदेश्यका साक्षरता कार्यक्रम सुरु गरेको रुम टु रिडका सन्तोष खनाल बताउनुहुन्छ । रुम टु रिडले एकीकरण नेपालको व्यवस्थापनमा ८ वटा स्थानीय तहहरु भिमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका, अजिरकोट गाँउपालिका, गण्डकी गाउँपालिका,गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका भित्रका १०० वटा विद्यालयमा साक्षरता कार्यक्रम संचालन गर्दै आएको छ ।