Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सरकारमा जाने विषयमा जसपा अनिर्णीत


1K
Shares

सरकारमा जाने विषयमा जसपा अनिर्णीत

काठमाडौं, २३ फागुन । सरकारमा जाने विषयमा जनता समाजवादी पार्टी अनिर्णीत देखिएको छ । जसपाको बुधबार बिहान केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो। बैठकमा परामर्श लिने काम भएको महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । ‘यो निर्णय गर्नका लागि बोलाइएको बैठक नै थिएन। सबै नेताहरूले आ–आफ्नो राय राख्नुभयो,’ उहाँले भन्नभयो ।

उहाँले केन्द्रीय कार्यकारिणीका अधिकांश सदस्यहरूको मधेस सरकारको चिन्ता देखिएको बताउनुभयो । मधेस प्रदेशमा अहिले जसपाको नेतृत्वमा सरकार छ। सरोजकुमार यादव मधेस प्रदेशका मुख्यमन्त्री छन् ।

‘सबैले मधेस प्रदेश सरकारबारे चिन्ता व्यक्त गर्नुभयो । हामीले जे जति उपलब्धि हासिल गरेका छौं। त्यसको जगेर्ना गर्नुपर्‍यो,’ उहाँले भन्नभयो । प्रतिनिधि सभामा जसपाको १२ सिट छ । सोमबार नयाँ गठबन्धन बन्दै चार दलबीच सत्ता साझेदारी हुँदा त्यसमा जसपाले जसपाले पनि हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology