Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्यले तोड्यो रेकर्ड, तोलामै १ लाख २३ हजार ५ सय रुपैयाँ


1.8K
Shares

सुनको मूल्यले तोड्यो रेकर्ड, तोलामै १ लाख २३ हजार ५ सय रुपैयाँ

काठमाडौं,। नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । मंगलबार २ हजार रुपैयाँले बढेर उच्च रेकर्ड कायम भएको सुनको मूल्यमा आज फेरी ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology