Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जिल्ला ट्रार्फिक कार्यालय गोरखाद्धारा सबारी चलाउदाँ मोबाईल फोन प्रयोग नगरौ भन्ने अभियान सुरु


2.1K
Shares

जिल्ला ट्रार्फिक कार्यालय गोरखाद्धारा सबारी चलाउदाँ मोबाईल फोन प्रयोग नगरौ भन्ने अभियान सुरु

गोरखा, २१ फागुन । जिल्ला ट्रार्फिक कार्यालय गोरखाले सबारी साधन दुर्घटना न्युनिकरणको लागि सबारी चलाउदाँ मोबाईल फोन प्रयोग नगरौ भन्ने अभियान आईतबारबाट सुरु गरेको जिल्ला ट्रार्फिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिब बहादुर पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखामा सबारी साधान चलाउदाँ अत्यधिक मात्रामा फोन प्रयोग गरेको गुनासो आए पछि ट्रार्फिक प्रहरी कार्यालय गोरखाले दुर्घटना न्युनिकरणको लागि यस्तो अभियान सुरु गरिएको हो ।

अहिले गोरखामा सबारी चालकलाई सचेतना अभिबृद्धि गर्ने उदेश्यका लागि स्टिकर टाँस अभियान सञ्चालन गरिएको ट्रार्फिक प्रमुख पाठकले बताउनुभयो, “यस अभियानले गोरखामा सबारी दुर्घटनमा कमी ल्याउने बिश्वास रहेको ट्रार्फिक प्रमुख पाठकको भनाई छ ।”

आज देखि शुरु भएको अभियानमा गोरखाको अत्यधिक मात्रामा सबारी साधन चल्ने आरुघाट सडक खण्ड अन्र्तगत पर्ने शशस्त्र प्रहरी कार्यालय रोडमा आईतबार २० वटा सबारी साधनलाई स्टिकर टाँसिएको छ । आईतबारबाट शुरु गरेको अभियान आगमी १५ दिन सम्म चल्ने भएको छ । जिल्ला ट्रार्फिक प्रहरी कार्यालय गोरखको समन्वय र लायन्स क्लब अफ गोरखा डाईमन्डको सहकार्यमा अभियान सञ्चालन गरिएको जिल्ला ट्रार्फिक कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology