Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

चितवनमा शंकास्पद रुपमा मृत भेटिएकी गोरखा मुच्चेककी १३ वर्षीया बालिका शालिनको झुण्डिएर मृत्यु भएको पुष्टी


3K
Shares

चितवनमा शंकास्पद रुपमा मृत भेटिएकी गोरखा मुच्चेककी १३ वर्षीया बालिका शालिनको झुण्डिएर मृत्यु भएको पुष्टी

गोरखा, २१ फागुन । चितवनमा शंकास्पद रुपमा मृत भेटिएकी गोरखा गाउँपालिका मुच्चेककी १३ वर्षीया बालिका शालिन पोखरेलको झुण्डिएर मृत्यु भएको खुलेको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी बालिकाको शब काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

अस्पतालले झुण्डिएर बालिकाको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीलाई पठाएको छ । बालिकाको परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो ।

पोष्टमार्टमबाट बलात्कार भने पुष्टि हुन नसकेको अस्पतालले जनाएको छ । प्रहरीले परिवारकै उजुरीका आधारमा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology