इटालीमा सरकारले कोरोना भाइरससँग जुध्न अति कडा शर्तसहितको नयाँ निर्देशिका नै जारी गरेको छ। यसमा होम क्वारेन्टाइनबाट बाहिर निस्किनेलाई जेल हालिने भएको छ।
क्वारेन्टाइन उलंघन गरेर सडकमा निस्किनेलाई जरिवानासँगै पाँच वर्ष जेल सजाय हुने भएको छ। इटालीको अवस्था काबुभन्दा बाहिर गएपछि चीनबाट पनि त्यहाँ स्वास्थ्यकर्मी पुगेका छन्। इटालीमा उपचारमा संलग्न करिब २० जना डाक्टर र नर्सले नै ज्यान गुमाइसकेका छन्।
यो संकटकाबीच त्यहाँका सर्वसाधरणले नर्स र डाक्टरसहितका स्वास्थ्यर्कमीलाई ताली बजाएर धन्यवाद दिएका छन्।