Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा


1.8K
Shares

नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा

काठमाडौं, २१ फागुन । कांग्रेसबाहेक नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताको बैठक बालुवाटारमा बसेको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकले नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेको बताइएको छ । यो बैठकले नयाँ गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरेको छ ।

बैठकमा एमालेबाट अध्यक्ष केपी ओली महासचिव शंकर पोखरेल तथा नेता विष्णु पौडेल सहभागी छन् । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ र वर्षमान पुन तथा रास्वपाबाट सभापति रवि लामिछाने सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology