गोरखा, २१ फागुन । शहीद सप्ताहको अवसर पारेर माओावादी केन्द्रको भाृतसंगठन योङ कम्युनिष्ट (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्री महालक्ष्मी माध्यमिक विद्यालयकी छात्रा आकृति उपरकोटी पहिलो हुनु भएको छ ।
गणतन्त्र स्थापनाका लागि शहीदहरुको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा द ओल्ड क्यापिटल मा.विकी छात्रा प्रसिद्ध अर्याल दोस्रो, श्री सरस्वती माबी आहालेकी छात्रा प्रसन्ना घिमिरे तेस्रो र श्री नबज्योती मा.विकी आयुष्मा रायमाझीले सान्तव्ना स्थान हासिल गर्नुभएको वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो । गोरखा नगरपालिका भित्रका माध्यामिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम, दृतिय, तृतीय र सान्तव्ना हुन सफल प्रतियोगीहरुलाई क्रमस नगद रु १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय रुपैया पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । त्यस्तै प्रतियोगिताका सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको संयोजक श्रेष्ठको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका इन्चार्ज अमर तमुले यस्ता खालका वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुको क्षमता अभिबृद्धिसंगै इतिहासको बारेमा अध्ययन गर्ने अवसर समेतको सिर्जना गर्ने बताउनुभयो । गणतन्त्र ठूलो बलिदानबाट प्राप्त भएको भन्दै शहीदहरुको योगदानलाई सवैले सम्झीरहनु पर्ने बताउनुभयो । जिल्ला इन्चार्ज तमुले नेपालीको काँचुली फर्ने र नेपाली जनताको भविस्यलाई अझ सुन्दर बनाउन समाजवादी व्यवस्था ल्याउनै पर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कमला नहर्की, बैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापा, प्रदेश समितिका सदस्य अंकुर तिमल्सिना (आयाम), धना तमु, सरिता लामिछाने, अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव राजन आलेमगर, सचिव रामकृष्ण भट्ट, अखिल क्रान्तिकारी गोरखाका उपाध्यक्ष मिलन सुनार, सचिव सुलभ अम्गाई वाइसिएल गोरखाका सचिव रिजन विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।