Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

हेलमेट चोरी गरेको आरोपमा गोरखा युवक पक्राउ


3.8K
Shares

हेलमेट चोरी गरेको आरोपमा गोरखा युवक पक्राउ

काठमाण्डौ २० फागुन । हेलमेट चोरी गरेको आरोपमा गोरखाका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छन् । काठमाडौँ जिल्ला अदालतबाट लगातार हेलमेट चोरी गरेको आरोपमा प्रहरी गोरखा घर भएका संजय थापामगर पक्राउ गरेको जनाएको छ । पक्राउ परेको थापा मगरको घर गोरखा कहाँ हो भन्ने बारेमा प्रहरीले ठेगाना खुलाएको छैन ।

अदालतको गेटबाट लगातार हेलमेट चोरी भएपछि सादा पोशाकमा परिचालित प्रहरीले संजय थापा मगरलाई पक्राउ गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो । अभियुक्त राना मगरले ४५ हजारसम्म पर्ने हेलमेट चोरी गर्ने गरेका थिए । चोरी गरेका हेलमेट पठाओ राइडरलाई बेच्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

अदालतको गेटबाट विगत ४–५ महिनादेखि दैनिक हेलमेट चोरी हुने गरेको सूचना अधिकारी पन्थीले बताए । चोरीमा संलग्न आरोपी पक्राउ गर्ने प्रहरीलाई जिल्ला अदालतले सम्मान गरेको छ । आरोपी थापा मगरलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत सिंहदरबारमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology