गोरखा,१७ फागुन । आज हुने भनिएको गोरखा नगरपालिकाको नगर सभा तयारी पुरा नभएको भन्दै स्थगित गरिएको छ । स्थगित नगरसभा आउदो २४ गते बिहीबार गर्ने सहमती भएको छ ।
नगर सभा गनुपूर्व पुरा गनुपर्ने केही कानूनी प्रकृया पुरा नभएको भन्दै तयारीका लागि १ साता पछी नगरसभा गर्न लागेको प्रमुख कृण्णबहादुर राना मगरले बताउनुभयो । ‘केही कानूनी प्रकृया पुरा गर्न भ्याईएन । त्यसैले आज स्थगित गरेका हौ’ उहाँले भन्नुभयो ‘२४ गते बिहीबार बस्ने गरी केही दिन भित्रै निर्णय हुने छ ।’
यो भन्दा अगाडी भएको नगर सभामा कार्यपालिका सदस्यहरुले नगर सभामा राखिने बिषय बस्तुका बारेमा आफुहरु अनविज्ञ भएको भन्दै नगर सभा विथोल्ने प्रयास पछि आउदो नगर सभामा ७२ घण्टा अगाडी नै सबैलाई एजेन्डाका बिषयमा जानकारी गराउने सहमती भएको थियो । उक्त सहमती पुनः पालना नहुदा नगर सभा स्थगित भएको उपप्रमुख मसलीमायाँ थोकर पुनःले जानकारी दिनुभयो ।
उहाँका अनुसार आउदो २० गते आइतबार कार्यपालिका बैठक बस्ने र उक्त बैठकमा सबै सदस्यहरुलाई नगर सभामा उठान हुने बिषयका बारेमा लिखित जानकारी दिने र २४ गते नगर सभा गर्ने तयारी भएको हो । आन्तरिक द्वन्दका कारण समयमा हुन नसकेको नगर सभा पुनः साता दिन पछी धकेलिएको छ ।