धनगढी,१७ फागुन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिका बलात्कारको आरोपमा टीकापुर नगरपालिका १ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।