Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

राष्ट्रिय सभा अध्यक्ष माओवादीले नै लिन्छः नेता दाहाल


1.2K
Shares

राष्ट्रिय सभा अध्यक्ष माओवादीले नै लिन्छः नेता दाहाल

काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले आफूहरुले राष्ट्रिय सभा अध्यक्ष नछाड्ने बताउनुभएको छ ।
आज बुधबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उहाँले माओवादीबाटै राष्ट्रिय सभा अध्यक्ष चयन हुने बताउनुभएको हो ।

राष्ट्रिय सभा अध्यक्षलाई लिएर सत्ता गठबन्धनमा कुनै दरार नआउने उनको दाबी छ । साथै, उनले आगामी ०८४ सालको निर्वाचन माओवादीले एक्लै लड्ने पनि बताउनुभयो ।

‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादीकै हुन्छ । त्यसमा दुईमत छैन, यही गठबन्धनबाट हुन्छ । ०८४ मा जाँदा सकेसम्म आफ्नो–आफ्नै ढंगले चुनाव लड्ने भन्ने छ,’– उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology