Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु


3.1K
Shares

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

काठमाडौ,१६ फागुन । बिजुलीको पोल ढलेर लाग्दा एक जना वडा सदस्यको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ मानदमारस्थित आफ्नै घर अगाडि हिँडिरहँदा बिजुलीको पोल ढलेर एक जना वडा सदस्यको मृत्यु भएको हो । मृतक सोही वडाका सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बिजुलीको पोलले लाग्दा घाइते भएका तितुङको उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको कार्यालयले जानकारी दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology