Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘जहाँ छन् बुद्धका आँखा’ र ‘हजार सपना गाएर’ संगीतकर्मीले दिए भजन शिरोमणीलाई श्रद्धाञ्जली


2.2K
Shares

‘जहाँ छन् बुद्धका आँखा’ र ‘हजार सपना गाएर’ संगीतकर्मीले दिए भजन शिरोमणीलाई श्रद्धाञ्जली

काठमाडौं, १५ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यका कालजयी गीत गाउँदै संगीतकर्मीले उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिएको आचार्यको पार्थिव शरिरअघि उनका हिट गीतहरु गाएर कलाकारले श्रद्धासुमन व्यक्त गरे ।

आचार्यले गाएका ‘जहाँ छन् बुद्धका आँखा‘’, ‘हजार सपनाहरुको माया लागेर आउँछ‘’ र एक भजन गाएर उनीहरुले श्रद्धाञ्जली व्यक्त गरे । संगीतकार संघको पहलमा संगीतकर्मीले यी गीत गाएका हुन् ।

‘उहाँका चर्चित गीतले जसले उहाँलाई अमर बनाएर र युगौं जीवन्त बनाइरहेछन् । ती गाएर हामीले श्रद्धाञ्जली व्यक्त गरेका हौं’ संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले अनलाइनखबरसँग भने, ‘दिवंगत हुने स्रष्टाको कालजयी गीत गाएर श्रद्धाञ्जली अर्पण गर्ने हाम्रो अभ्यास रहेको छ ।’

यी गीतको तयारी गर्न संगीतकार संघले संगीतकर्मीलाई मंगलबार बिहानै ७ बजे बोलाएको थियो । सोही तयारीपछि संगीतकर्मीले उक्त ट्रिब्युट प्रस्तुति दिएका हुन् । आचार्यले गाएका ती गीत आजपर्यन्त कालजयी छन् ।

‘जहाँ छन् बुद्धका आँखा’ले देशप्रेम र राष्ट्रिय भावना ओतप्रोत तुल्याउँछ भने ‘हजार सपनाहरुको माया लागेर आउँछ’ले जीवनबोधको अनुभूति गराउँछ । यसकारण यी गीत ‘ट्रिब्युट’का लागि छनोट गरिएको जनाइएको छ ।

संगीतकर्मीले ट्रिब्युट प्रस्तुति दिँदा संस्कृतिमन्त्री सुदन किराती, कांग्रेस नेता मीनेन्द्र रिजाल, वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा पनि उपस्थित थिए । आचार्यका छोराहरु तथा चर्चित गायकद्धय सत्य–स्वरुपले पनि पिताका ती गीत गाउँदै श्रद्धासुमन व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology