काठमाडौं, १५ फागुन । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी(२० सिरिज आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको छ । आज नेपाल र नामिबियाबीचको खेलमा नामिबियाले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालले नामिबियाको तीन विकेट लिएको छ। पावरप्लेको अन्तिम बलमा करण केसीले नामिबियाका ओपनर भान लिङगेनलाई २० रनमा गुल्सन झाबाट क्याच गराए ।
नवौं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई विवेक यादवबाट क्याच गराए । ११ रन बनाएर खेलिरहेका कोट्जेको प्रहारलाई विवेकले बाउन्ड्री नजिक उत्कृष्ट क्याच गरेका थिए ।
यस्तै रोहितले ११औं ओभरमा नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो विकेट लिने क्रममा नामिबियाका जान फ्राइलिंकलाई ५ रनमा बोल्ड गरे । नामिबियाले तेस्रो विकेट गुमाउँदा ६२ रन जोडेको थियो ।
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल कप्तान, कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी । आइसिसी क्रिकेट विश्वकप लिग(२ को सिरिजपछि तीन देशबीच टी २० सिरिज भएको हो । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी(२० विश्वकपको तयारीका लागि तीन देशले टी २० सिरिज खेलेका हुन् ।