काठमाडौं, १५ फागुन । त्रिकोणात्मक टी(२० सिरिज अन्तर्गत नामिबियाविरुद्धको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर पहिलो ब्याटिङ रोजेसँगै अहिले केही बेरमा नेपाल फिल्डीङका लागि मैदान उत्रिने छ।
नेपालको टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ(११ मा रहेका छन्। नेपालले आरिफ शेख, प्रतिश जिसी, ललित राजवंशी र अनिल कुमार साहालाई भने बेन्चमा राखेको छ।
नेपालको टोली ?
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक कुमार यादव, गुलशन झा र दीपेन्द्रसिंह ऐरी