Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बिदेशबाट आएकाहरुलाई अनिबार्य क्वारेन्टाइनमा बस्न सिरानचोक गाउँपालिकाको आग्रह


3.1K
Shares

बिदेशबाट आएकाहरुलाई अनिबार्य क्वारेन्टाइनमा बस्न सिरानचोक गाउँपालिकाको आग्रह

गोरखा १३, चैत ।  सिरानचोक गाउँपालिका गोरखाले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बिदेशबाट आउने नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । गाउँपालिकाले आज एक बिज्ञप्ती जारी गर्दै बिदेशबाट आएका व्यक्तिहरु भोज भतेर गर्ने, इस्टमित्रहरु भेट्ने नाममा घरबाहिर हिडेको थाहा हुन आएका भन्दै तत्काल सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

गाँउपालिका अध्यक्ष राजु गुरुङद्धारा हस्ताक्षरित बिज्ञप्तीमा राज्यले नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि अबलम्बन गरेका कार्यलाई सवै नागरिकले पूर्ण रुपले पालना गर्नुपर्ने उल्लेख गरिएको छ । साथै बिदेशबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि सवै जनप्रतिनिधि, शिक्षक, बुद्धिजिबी र समाजसेवीहरुलाई गाउँपालिकाले बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।

गाउँपालिकाले वडाध्यक्ष, सदस्यहरुसंग समन्वय गरी वडास्तरीय बिपद् व्यवस्थापन समिति, रेडक्रसका उपशाखाहरु, गाउँपालिकाका बिषयगत शाखाका कर्मचारीहरु र अन्य स्वयंसेवकहरु टोलटोलमा रहेका उक्त समितिका पदाधिकारी एवंम सदस्यहरुलाई बिदेशबाट आउनेहरुको तथ्याङक संकलन गर्न पनि भनेको छ । त्यस्तै बिज्ञप्तीमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरुलाई तत्काल स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन पनि पालिका भित्रका सवैलाई आग्रह गरिएको छ ।

बिज्ञप्तीमा दैनिक मजुदरी गरी खाने वर्गका लागि कोरोना भाइरसको संक्रमणको जोखिमले बढी दैनिक गुजारामा गर्न समेत अफट्यारो परेकाले त्यस्ता परिवारका सदस्य संख्या, बसोबास स्थल, र अश्रित व्यक्तिको समेत लगत संकलन गर्न वडालाई निर्देशन दिइएको छ ।

सिरानचोक गाउँपालिका आफ्नो साधन र स्रोतले भ्याएसम्म कोरोनाको महामारी रोकथाम र नियन्त्रणका लागि लागि परेको उल्लेख गर्दै अध्यक्ष गुरुङद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरु उच्च सर्तकर्ताका साथ बिपतसंग लड्न सवै नागरिकको साथमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology