धनबहादुर तामाङ
गोरखा, १५ फागुन । सिरानचोक गाउँपालिकामा भित्रका ९ सय ४६ जना बालबालिकाहरुलाई दादुरा रुवेला बिरुद्धको खोप लगाइने भएको छ । पालिका भित्रका ९ महिनादेखि ५ बर्ष भित्रका बालबालिकाहरुलाई फागुन १६ गते बुधबारदेखि २० गतेसम्म दादुरा रुवेला बिरुद्ध खोप कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका स्वास्थ शाखाका प्रमख टुकमान श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकामा बिभिन्न २९ खोप केन्द्रहरुबाट खोप कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँको भनाई छ । दादुरा तथा रुवेला सम्बन्धि राष्ट्रिय अभियान अन्तरगतकोे खोप कार्यक्रमको सञ्चालनका लागि पालिका भित्रका सरोकारवालाहरु संग एकदिने अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न गरिसकिएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
अन्तरक्रियामा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रकाश घिमिरेले दादुरा रुवेलाको खोप लगाउदा बालबालिकाहरुको स्वास्थ्यमा कुनै असर नपर्ने भएकाले ढुक्क भएर लगाउन अनुरोध गर्नुभयो । यो खोप डब्लुएचओबाट मान्यता प्राप्त खोप भएकाले त्यसबाट कुनै समस्या नहुने भन्दै आ–आफ्नो क्षेत्रमा सचेतना पु¥याउन समेत उहाँले आग्रह गर्नुभयो ।
खोप लगाउने बालबालिकाहरुको खोप कार्ड निःशुल्क रुपमा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ । खोप लगाए पछिको वा लगाउनु भन्दा पहिलाको अबस्थामा कसैले पनि खोप बारेमा गलत प्रचार नगर्न नगराउन समेत गाउँपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।