Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा सदरमुकाममा चैत्र २७ गतेदेखी ३० गते सम्म अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता हुने


1.8K
Shares

गोरखा सदरमुकाममा चैत्र २७ गतेदेखी ३० गते सम्म अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता हुने

गोरखा, १३ फागुन । गोरखा सदरमुकाममा पहिलो पटक अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ गोरखाको आयोजनामा पहिलो पटक ‘प्रथम गोरखा जिल्ला अन्तर पालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८०’ हुने भएको हो ।

संघले आज सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आउदो चैत्र २७ गतेदेखी ३० गतेसम्म सदमुकामको खेलकुद मैदानमा प्रतियोगिताको आयोजना गरेको जानकारी दिएको छ । संघका जिल्ला अध्यक्ष कृण्ण गुरुङले युवाहरुको ठुलो जनशत्ति कुलतमा फसेकोले खेल मार्फत युवाहरुलाई परिचालन गर्ने र खेलकुदको बिकासका लागी पनि खेलको आयोजना गरेको बताउनुभयो ।

खेलबाट ब्यवसायीक खेलाडीहरुको पनि उत्पादन हुने भन्दै संघका महासचिव राजुबावु श्रेष्ठले आगामी बर्षदेखी विविध खेलहरु खेलाउने गरी महोत्सवका रुपमा आयोजना गरिने जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने पालिकाले क्रमश ७०, ४०, २५ र १५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । सहभागी पालिकाहरुले दर्ता शुल्क बापत १० हजार रुपैयाँ तिनुपर्ने पनि आयोजक भलिबल संघले जानकारी दिएको छ ।

त्यस बाहेक पनि सर्बोत्कृष्ठ खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सेटर, ब्लकर, सर्भर, खेलाडी, स्पाईकल र प्रशिक्षकलाई २–२ हजार नगद प्रदान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

लिगकम नकआउटको आधारमा खेलाइने खेल फाइनमा वेष्ट अफ ५ र अन्य खेल भने वेष्ट अफ ३ मा खेलाइने महासचिव श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । खेल अवधिभर करिब १३ लाख रुपैयाँ खर्च हुने पनि आयोजकले जानाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology