गोरखा १२ फागुन । मिस्टर बि आठौं गोरखकाली रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधी हरमटारी युवा क्लबले जितेको छ । सदरमुकाम स्थित हरमटारी खेलकुद मैदानमा भएको फाइनल खेलमा चाइनिज धारा फेमिलीलाई ० का विरुद्ध २ गोलले हराउदै आयोजक हरमटारी युवा क्लबले उपाधी जितेको हो ।
प्रतियोगितामा हरमटारी युवा क्लबको तर्फबाट लक्षु थापा र फागुराम थारुले १/१ गोल गरेका थिए ।