Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

उत्तरी गोरखा संग जोडिएको चिनको सिमाना खुल्ला गर्न कुटनीतिक प्रयास गर्ने गृहमन्त्रीको प्रतिबद्वता


1.3K
Shares

उत्तरी गोरखा संग जोडिएको चिनको सिमाना खुल्ला गर्न कुटनीतिक प्रयास गर्ने गृहमन्त्रीको प्रतिबद्वता

गोरखा, १२ फागुन । कोरोना महामारी संगै बन्द भएको उत्तरी गोरखाको २ वटा नाका खुलाउन कुटनीतिक प्रयास गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहमत भएका छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सहितको टोलीले नाका खुलाउन माग गरेका कारण गृहमन्त्री श्रेष्ठले कुटनीतिक प्रयास गर्ने बताएको अध्यक्ष लामाले बताउनुभयो ।

कोरोना महामारीभन्दा पहिला छेकम्पार पट्टीको ङुईला नाका सधै खुल्ला हुने गरेको र सामागाउँ पट्टीको नाका रुइला नाका बर्षमा १५ देखी २० दिनसम्म खुल्ने गरेको अध्यक्ष लामाले बताए । ‘दुई वटा नाकामध्ये छेकम्पारको नाका सधै खुल्ला जस्तै थियो’ उहाँले भन्नुभयो ‘सामागाउँ नाका बर्षमा केही दिन खुल्ने गरेको भएता पनि कोरोना पछी अहिलेसम्म बन्द छ ।’

अध्यक्ष लामा सहितको टोलीले गृहमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै दैनिक उपभोग्य बस्तु प्रयोग समस्या आएको भन्दै चाढोभन्दा चाढो नाका खुल्ला गर्न चीन सरकार संग आग्रह गरिदिन भनेको छ । सोही बिषयलाई लिएर फागुन ६ गते पनि जनप्रतिनिधीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर ज्ञापन पत्र बुझाउदै दुवै नाका खोल्न सहयोग गरिदिन भनेको थियो ।

उक्त नाका खुल्ला हुदा साविकको छेकमपार, चुम्चेत, सिर्दीबास, बिही, प्रोक, ल्हो र सामागाउँका सर्व साधारणलाई दैनिक उपभोग्य बस्तु आयातमा सहजता र सस्तो पर्ने गर्दछ । गोरखाको आरुघाटदेखी सामान ढुवानी गर्दा भाडादर उच्च हुने भएका कारण त्यहाँका सर्व साधारणले ति दुई नाकाबाट सामान खरिद गर्ने गद्थे ।

ङुईला र रुइला नाका भएर तेल, चामल, दाल, मैदा, बिस्कुट, ध्यु, नुन, मासु तथा लत्ता कपडाहरु आयात हुने गर्दछ । ५ बर्षदेखी नाका बन्द हुदा महगोंमा आरुघाट बजारदेखी सामान ढुवानी गनुपरेको अध्यक्ष लामाले बताउनुभयो ।

जनप्रतिनिधीहरुले गृहमन्त्रीलाई सम्बेदनशिल मानिने मनास्लु निषेधित क्षेत्र खुला गरिदिन, सिमा नाका कुटनीतिक मध्यामबाट खुल्ला गर्न, सिमा सुरक्षा क्याम्प स्थपना गर्न र चुम्चेत र बिहीमा प्रहरी चौकी स्थपना गर्न गरेको अनुरोधलाई मन्त्री श्रेष्ठले सकारात्मक रुपमा लिएर ति माग पुरा गर्ने प्रतिबद्धता ब्यत्त गरेको पनि अध्यक्ष लामा जानकारी दिनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology