Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको द्रब्यशाहमा प्रशासन र स्वबिय बीच बिबाद चर्कियो, मुखमा टेप बाँधेर बिद्यार्थी आन्दोलनमा


1.9K
Shares

गोरखाको द्रब्यशाहमा प्रशासन र स्वबिय बीच बिबाद चर्कियो, मुखमा टेप बाँधेर बिद्यार्थी आन्दोलनमा

गोरखा, ११ फागुन । द्रब्यशाह बहुमुखी क्याम्पास लक्ष्मीबजारमा क्याम्पास प्रशासन र स्वबियु बीच बिबाद चर्किएको छ । शुक्रबार बिहान ९ बजे देखि स्वबियुको नेतृत्वमा क्याम्पास प्राङगाडमा क्याम्पासका सबै बिद्यार्थीहरुले मुखमा कालो टेप बाँधेर ब्यानरमा क्याम्पास प्रमुख राजिनाम दे, आर्थिक अनियमितता गर्न पाईदैन भन्ने पोष्टहरु हातमा लिएर दोस्रो चरणको आन्दोलन सुरुगरेका छन् ।
फागुन ९ गते द्रब्यशाह बहुमुखी क्याम्पासमा आर्थिक अनियमित भएको भन्दै क्याम्पास प्रशासनमा स्वबियु र क्याम्पासमा रहेका बिद्यार्थी संगठनहरुले ताला लगाएर थिए । क्याम्पास प्रशासनले आर्थिक अनियमित भएको बिषयमा पटक पटक ध्यानकर्षण गराउँदा समेत अनुसन्धन गर्न अटेरी गरेको भन्दै बिद्यार्थीहरुले ताला लगाएका हुन् ।
आज सम्म आईपुग्दा समेत क्याम्पास प्रशासनले त्यसको कुनै सुनुवाई नगरेकाले दोस्रो चरणको आन्दोलन सुरु गरिएको स्वबियु सभापति सौनक घिमिरेले जानकारी दिनुभयो । सम्पुर्ण बिद्यार्थीहरुले हातमा लाचार समिति राजिनाम दे, बिद्यार्थीको भबिष्यमाथि खेलबाड गर्न पाईदैन, लापारबाही क्याम्पास प्रमुख राजीनाम दे लगाएतका ब्यानर बोकेर १ घण्टा जति स्वबियुको नेतृत्वमा धर्नामा बसिएको हो ।
क्याम्पास प्रशासन, ब्याबस्थापन समिति र स्वबियुका बिद्यार्थी संगठनका प्रतिनिधी बिच दुई पटक छलफल गर्दा समेत ब्याबस्थापन समितिले कुनै चासो नदिएकाले अबका दिनमा कसरी अघि बढ्न सकिन्छ भनेर स्वबिय ुर बिद्यार्थी सगठनहरुको बीचमा छलफल जारी रहेको स्वबियु सभापति सौनक घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार हाम्रो एकमात्र एजेण्डा क्याम्पास प्रशासनमा भएको आर्थिक अनियमितता कारण क्याम्पास प्रमुखले राजीनाम दिनु पर्छ । क्याम्पास प्रमुखले राजीनाम गरेर छानबिनको लागि सहजीकरणको भुमिका निर्बाह गरी सम्पुर्ण बिद्यार्थीको माग पुरा गर्नु पर्ने स्वबियुको बटम लाईन रहेको उहाँको भनाई रहेको छ ।
त्यसबारेमा बुझन खोज्दा क्याम्पास प्रमुख रामचन्द्र दुवाडीलाई सम्पर्क गर्दा सम्पर्कमा आउन चाहानु नै नभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology