Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा ९ बर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५७ बर्षीया पुरुष पक्राउ


2.4K
Shares

गोरखामा ९ बर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५७ बर्षीया पुरुष पक्राउ

गोरखा,११ फागुन । गोरखामा बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ९ बर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा गोरखा नगरपालिका वडा नं.१४ सलाङगिरी बस्ने बर्ष ५७ को सिताराम भन्ने दल बहादुर विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सुचना अधिकारी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । बिकले बिहिबार बेलुका फकाई फुलाई ऐ. ऐ. स्थित झरौटे धारा वनमा लगी जबरजस्ती करणी उद्योग गरेको भनि निज नाबालिकाहरुको आमा मार्फत जाहेरी आधारमा सिताराम भन्ने दल बहादुर बिश्वकर्मालाई शुक्रबार पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ । गोरखा जिल्ला अदालत हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई  थप अनुसन्धान भई रहेको प्रहरी कार्यलयने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology