Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माओवादी केन्द्रको स्थायी समिति बैठक हुँदै


2.2K
Shares

माओवादी केन्द्रको स्थायी समिति बैठक हुँदै

काठमाडौँ, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज हँुदैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो ।

बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो ।

उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै माओवादीले क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology