Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

याङकोट ले आरुमेल मुस्लिमलाई पेनाल्टी सुट आउटमा ५–४ ले हरायो, याङकोट अब आयोजक हरमटारी संग खेल्ने पक्का


1.7K
Shares

याङकोट ले आरुमेल मुस्लिमलाई पेनाल्टी सुट आउटमा ५–४ ले हरायो, याङकोट अब आयोजक हरमटारी संग खेल्ने पक्का

गोरखा,८ फागुन । गोरखा सदरमुकाको खेलकुद मैदानमा जारी मिस्टर बि ८औं गोरखकाली रनिङ कप फुटबल प्रतियोगिताको आज तेस्रो दिन भएको पहिलो खेलमा याङकोट युवा क्लबले आरुमेल मुस्लिम युवा क्लबलाई पराजित गरेको छ ।

निर्धारीत ७० मिनेटको खेलमा १–१ गोलको बरावरी खेल खेलेको दुवै क्लबले पेनाल्टी सुट आउटमा याङकोटले आरुमेललाई ५–४ ले हराएको हो । खेलको पहिलो हाफको ७औं मिनेटमा याङकोटका अस्विन रानाले १ गोल गरेर क्लबको खाता खोलेको थियो । निकै प्रतिस्पर्धात्मक खेल देखिएको उक्त खेलमा आरुमेल मुस्लिमका प्रज्वल खड्काले दोस्रो हाफ पछी थपिएको ४ मिनेटको इन्जुरी टाइममा गोल गरेर बरावरी गरेको थियो ।

बरावरीको खेल संगै पेनाल्टी सुट आउटमा याङकोटका गोल किप्परले आरुमेल मुस्लिमका प्रकास रसाईलीले गरेको प्रहार रोकेपछी याङकोट बिजयी भएको थियो ।

याङकोटको तर्फबाट विवेक मगर, सुजन राना, सुरज क्षत्री, अभिशेक राना र प्रितम गुरुङले गोल प्रहार गरेका थिए । सोही खेलमा आरुमेल मुस्लिमको तर्फबाट समिर तामाङ, रविन्द्र श्रेष्ठ, विमल तामाङ र कृण्णबहादुर विकले मात्र गोल प्रहार गर्न सफल भएका थिए । जित संगै अब याङकोट युवा क्लबले १० गते आयोजक हरमटारी क्लब संग खेल्ने छ । आयोजकको टिम भने बाईमा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology