काठमाडौ, ७ फागुन । सुनको भाउ आज पनि बढेको छ । हिजो आइतबार तोलाको पाँच सयले बढेको सुनको भाउ आज चार सय रुपैयाँले बढेको हो ।
आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख १७ हजार १ सय, तेजाबी सुन १ लाख १६ हजार ५ सय ५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेको छ। आज चाँदीको भाउ तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।