Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना


1.6K
Shares

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना

काठमाडौं,७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप आइतबार राति साढे १२ बजे दुर्घटनाग्रस्त बनेको हो ।

दुर्घटनामा तनहुँ, आँबुखैरेनी–६ छापस्वाँराका ७२ वर्षीय आशपुर गुरूङ र ब्यास नगरपालिका–९ गजौडेका १७ वर्षीया तुलसी गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसपी मोहनबहादुर खाँडका अनुसार आशपुरको घटनास्थलमै र तुलशीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार बिहान ३ः४० बजे मृत्यु भएको हो ।

आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी खाँडले बताउनुनभयो ।

दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको आँबुखैरेनी अस्पताल तनहुँ र १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology