गोरखा, ७ फागुन । गोरखामा बालिका बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी घुन्चोक घरभएका ६० बर्षका बुद्धिमान बि.कलाई १२ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
फागुन २ गते राती करिब ८ बजेको समयमा बि.कले बालिकालाई डर–त्रास देखाएर जबरजस्ती करणी गरेको पीडित भन्दे पिडित परिवारले प्रहरीमा जाहेरी दिएको थियो ।
परिवारको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । पक्राउ परेको बि.क विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता जिल्ला अदालत गोरखाबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।