Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मिस्टर बि आठौं गोरखकाली रनिङ कप २०८० : दोस्रो दिनको पहिलो खेलमा सेनालाई भिमसेन ताराले ०–४ को अन्तरले हरायो


3.3K
Shares

मिस्टर बि आठौं गोरखकाली रनिङ कप २०८० : दोस्रो दिनको पहिलो खेलमा सेनालाई भिमसेन ताराले ०–४ को अन्तरले हरायो

गोरखा, ७ फागुन । मिस्टर बि आठौं गोरखकाली रनिङ कप २०८० अन्तरर्गत भएको दोस्रो दिनको पहिलो खेलमा नेपाली सेनाको रिपु मर्दन गण गोरखालाई भिमसेन तारा युवा क्लब गोरखाले फराकिलो अन्तरले जित हात पारेको छ ।

आइतबार बिहान भएको खेलमा रिर्पु मर्दन गणलाई ० का बिरुद्व ४ गोलले भिमसेन तारा युवा क्लब बिजयी भएको हो । दुवै तर्फ समान स्तरका खेलाडी देखिएता पनि सेनालाई भिमसेन ताराले चातुर्यका साथ जित हात पारेको थियो ।

भिमसेन ताराका सुरज बिष्टले पहिलो हाफको १४औं मिनेटमा गोल गरेर अग्रता लिएको थियो । पहिलो गोलबाट नै दवावमा देखिएको रिपुमर्दनले १९औं मिनेटमा आत्माघाती गोल गरेर भिमसेन तारालाई थप १ गोल दिएको थियो ।

खेलको २३औं मिनेटमा पुनः भिमसेन ताराका सुनिल घलानले साथीको पासबाट थप १ गोल गरेका थिए । पहिलो हाफमा नै ३–० को अन्तर परेको सेनालाई दोस्रो हाफमा समिराज थोकरले १ गोल गरेर भिमसेन तारालाई ४ गोलले बिजयी गराएका थिए ।

आजको खेलमा थोकरलाई म्यान अफ द म्याच समेत घोषणा गरिएको आयोजक हरमटारी क्लबले जानकारी दिएको छ । यस पछि दिउसो १ बजे समूह ‘ए’ बाट अल स्टार एफसी आँबुखैरेनी, तनहुँ र घैरुङ फसी गोरखा बिच हुने छ । आजको तेस्रो खेल समूह ‘बि’ बाट दिउसो ३ बजे पृथ्वी युवा क्लब गोरखा र त्रिवेणी युवा क्लब मुग्लिन, चितवन बिच हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology