Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रेस सेन्टर नेपाल जापान शाखाको संयोजकमा सन्दिप सुनार र सहसंयोजकमा बिनोद ढकाल चयन


7.2K
Shares

प्रेस सेन्टर नेपाल जापान शाखाको संयोजकमा सन्दिप सुनार र सहसंयोजकमा बिनोद ढकाल चयन

सन्दिप सुनार
जापान ६ फागुन ।  प्रेस सेन्टर नेपाल जापान शाखाको संयोजकमा सन्दिप सुनार सर्वसम्मत चयन हुनुभएको छ । जापानमा रहेको प्रेस सेन्टर नेपाल निकट पत्रकारहरुको भेलाले संयोजकमा सुनारलाई चयन गरेको हो । संयोजक सुनारले करिब ५ बर्ष गोरखामा रहेको रेडियो मनासलु १०३.९ मेगाहर्जमा आवद्ध रहेर क्रियाशिल पत्रकारिता गर्नुभएको थियो भने अहिले नागरिक सवाल डटकममा आवद्ध हुनुहुन्छ ।

त्यस्तै समितिको सह-संयोजकमा बिनोद ढकाल चयन हुनभएको छ । भेलाले प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आगामी मार्च १७ तारेखमा टोकियोमा गर्ने निर्णय समेत गरेको छ । सहसंयोजक ढकालका अनुसार प्रथम अधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरिएको हो ।

त्यस्तै यहि फेब्रुअरी २४ मा हुन गईरहेको प्रेस सेन्टर नेपालको प्रवास प्रदेश समितिको प्रथम अधिवेशनमा जापानबाट संक्रियताका साथ सहभागिता र अधिबेशन सम्पन्न गर्न जापान शाखाले भूमिका खेल्ने सहसंयोजक ढकालको भनाई छ ।

भेलामा प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा जोड दिने बिषयमा छलफल भएको थियो ।

प्रेस सेन्टर नेपाल पूर्वी एशियाका ईन्चार्ज तिलक मल्लले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च जापानका पूर्वअध्यक्ष भवानी पन्त , वर्तमान अध्यक्ष मोहन पोडेल , उपाध्यक्ष बाबुराम पौडेल लगायत सेन्टर निकट पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology