Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सामुदायिक सेवा केन्द्र गोरखाद्वारा प्रहरी उपरिक्षक श्रेष्ठको बिदाई


1.7K
Shares

सामुदायिक सेवा केन्द्र गोरखाद्वारा प्रहरी उपरिक्षक श्रेष्ठको बिदाई

गोरखा, ६ फागुन । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरिक्षकलाई आज एक कार्यक्रम बिच सामुदायिक सेवा केन्द्र गोररखाले बिदाई गरेको छ । केन्द्रको आयोजनामा शनिबार बिहान भएको बिदाई तथा भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक अनुपम श्रेष्ठलाई खादा र मायाँको चिनो दिएर बिदाई गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको बैठक कक्षमा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष सुशिलबावु श्रेष्ठ कैलासले सेवा अवधिभर सामुदायिक सेवा केन्द्रलाई पुरर्याएको सहयोगको प्रशंसा गर्दै सरुवा भएर गएको क्षेत्रमा पनि सफलता मिल्न शुभकामना दिनुभयो ।

कार्यक्रममा प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले १३ महिनाको बसाईमा सामुदायिक सेवा केन्द्रबाट पाएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा अझै समुदाय माझ प्रभावकारी कार्यक्रमहरु लैजान र आफ्नो सहयोग चाहिएको खण्डमा गर्न तयार रहेको बताउनुभयो ।

केन्द्रका अध्यक्ष रामहरी केसीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष केसीले जिल्ला बसाईका क्रममा प्रउ श्रेष्ठबाट केन्द्रलाई भएको सहयोगका सम्वन्धमा धन्यबाद दिदै आगामी दिनमा अझै समुदाय माझ प्रभावकारी कार्यक्रमहरु लैजाने प्रतिबद्वता ब्यत्त गर्नुभयो ।

कार्यक्रममा सेवा केन्द्रका पदाधिकारी तथा सदस्य र जिल्ला प्रहरी कार्यालयका विभिन्न ओहदाका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो । जिल्लामा कार्यरत भएको १३ महिना पछी श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय सरुवा भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology